आईपीएल : लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार

photo: bcci/getty
photo: bcci/getty

सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ। हैदरावादको भने यो लगातार दोस्रो हार हो।

मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो।

हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए। लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेकाे थियाे। लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए। दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले।

प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ। बिना कुनै अंकको हैदराबाद पुछारमा छ।

प्रकाशित मिति: : 2022-04-05 07:00:00

प्रतिकृया दिनुहोस्