यस्तो भिटामिन जसको कमीले बनाउँछ उमेर नपुग्दै बृद्ध

photo: Blogspot.ro
photo: Blogspot.ro

मुटु, दिमाग तथा शरीरलाई स्वस्थ राख्न आवश्यक पोषक तत्व चाहिन्छ। हामीले शरिरलाई आवश्यक पोषक तत्वहरू हामीले खाने गरेका खानेकुराबाट पाउछौँ। त्यसैले भिटामिन, मिनरल्स, प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्वहरूलाई भरपुर मात्रामा खानेकुरालाई खानामा समावेश गर्नुपर्छ।

यी मध्ये एक भिटामिन बी–१२ हो । जसले शरिर स्वास्थ्य राख्न मद्दत गर्दछ। यदि भिटाभिन बी –१२ कमी भएमा विभिन्न प्रकारका रोगहरु निम्तन सक्छ। जसका कारण हड्डी तथा जोर्नीमा समस्या, मानसिक समस्या, रक्तअल्पता आदिको जस्ता रोगको जोखिम हुन सक्छ। विशेषगरी भिटामिन बी–१२ को कमीले हाम्रो मस्तिष्क र स्नायु प्रणालीलाई सबैभन्दा बढी असर गर्छ।

भिटामिन बी–१२ को कमी हुन नदिन आफनो दैनिक आहारमा यी खानेकुरा समावेश गर्नुहोस् ।

१) दही दहीलाई आफनो खानामा समावेश गर्नाले भिटामिन बी –१२को कमी हुदैन । जसकारण पेट पनि सन्तुलन रहन्छ । दहीमा पाइने भिटामिन बी–२, बी–१ र बी–१२ ले शरिरमा आवश्यक पोषक तत्व तथा स्किनमा नरमपना बनाईराख्छ ।

२) सोयाबिन सोयाबिनमा भिटामिन बी–१२ प्रचुर मात्रामा पाइन्छ। जसकारण आफनो खानामा सोयाबिन ,सोया मिल्क, तोफु वा भटमासको तेल पनि प्रयोग गर्नु लाभदायक हुन्छ ।

३) अण्डा अण्डा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जसले भिटामिन बी –१२ को कमी हटाउन मद्दत गर्दछ। त्यसैले नियमित रूपमा कम्तीमा २ अण्डा खानुपर्छ।

४)दूध दैनिक आफ्नो खानामा दूध समावेश गर्नुहोस्।दूधमा सबै पोषक तत्वहरू साथै भिटामिन बी–१२ प्रचुर मात्रामा पाइन्छ। शरीरमा भिटामिन बी–१२ को कमी भएमा पनि दूधको सेवनले पूरा गर्न सकिन्छ।

५)माछा भिटामिन बी–१२ को कमीलाई हटाउन खानामा लब्स्टर र साल्सर माछा समावेश गर्नुहोस्। यसमा भिटामिन बी–१२ र भिटामिन ई पाइन्छ । जसले शरिरलाई आवश्यक तत्व प्रदान गर्छ।

प्रकाशित मिति: : 2022-04-10 15:56:00

प्रतिकृया दिनुहोस्