प्राइम लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको सुनछहरी गाउँपालिका– १ का प्रतिमान बुढा क्षेत्रीको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ।

मंगलबार प्राइम लाइफ इन्स्योरेन्स रोल्पा शाखा कार्यालय लिबाङमा मृतकका तीन भाइ छोराहरु साङ्ले बुढाक्षेत्री, श्याम बुढाक्षेत्री र याम बुढा क्षेत्रीलाई शाखा प्रबन्धक टिकाराम जिसीले संयुक्त रुपमा रु. ११ लाख रुपैयाँ रकम हस्तारण गरेका हुन्।

कालगतिले मृत्यु क्षत्रीको विमाङ्क रकम रु. १० लाख र किरिया खर्च बापत् रु. १ लाख गरी जम्मा कुल रु. ११ लाख भुक्तानी गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-26 19:55:00

प्रतिकृया दिनुहोस्