सोहेल खानसँग विवाह गर्न चाहन्थिन्, पूजा भट्ट !

Breaknlinks
Breaknlinks

महेश भट्टकी छोरी हुन्–पूजा भट्ट। उनी ९० को दशककी नायिका हुन्। उनले धेरै फिल्म खेलेकी छिन्। जहाँ उनको नाम कयौँ अभिनेतासँग जोडियो। उनको नाम रणबीर शौरीसँग जोडिएको थियो। एकपटक सलमान खानका सानो भाई सोहेल खानसँग प्रेम सम्बन्धमा भएको कुराको उनी स्वयम् खुलासा गरेकी थिइन्। 

पूजा र सोहेलको नाता

सोहेल खानको विवाह सीमा खानसँग हुनअघि नै उनी पूजाको प्रेममा थिए। उनीहरुले विवाह गर्नेसमेत योजना बनाइसकेका थिए। तर उनीहरुले सोचेको जस्तो भएन। १९९५ मा दिएको एक अन्र्तवार्तामा पूजाले सोहेलसँग आफ्नो सम्बन्धका बारेमा भनेकी थिइन्। साथै उनले आफू र सलमानबीचको सम्बन्धलाई पनि खुलाएकी थिएन्। त्यो समय पूजा र सलमानको सम्बन्ध राम्रो थिएन। 

पूजाले खोलिन् मनको कुरा

सोहेल र उनको परिवारको बारेमा सोध्ने क्रममा पूजाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म उनको परिवारसँग राम्रो छु, उहाँहरु वास्तवमै राम्रा छन्। मलाई त्यहाँ राम्रो लाग्छ, मलाई यो कुरा महसुस गराइन्छ कि यो घरसँग मेरो नाता छ। म उहाँहरु सबैको सम्मान गर्छु किनकी मसँग कुनै प्रश्न सोधिदैन। उहाँहरुले मलाई म पे हुँ त्यसको महसुस हुन दिनुभयो। जुन कुरा मलाई मनपर्छ, उहाँहरु मेरो परिवार जस्ता हुन्।’

सोहेलको पितालाई मन पराउथिन् पूजा

पूजा भट्टले थप्दै भनिन्, ‘म उनको पितालाई धेरै माया गर्छु, म भखरै अरबाजसँग भेटे र मलायई धेरै राम्रो लाग्यो। बेबी (अलवीरा) धेरै राम्रो छ। उनकी आमा राम्रो व्यक्ति हुन्। म मान्छु कि सलमान खानलाई म उनको सुरुवातदेखिकै अनौठो कारणले मन पराउदिन। सायद मैले प्रेमले भरिएको फिल्म नगरेकोले पनि होला! तर अहिले हामी एक सुखी परिवार हौँ।’

साहेलसँग विवाह गर्न चाहान्थिन् पूजा

पूजाले सोहेल खानसँग आफ्नो सम्बन्ध र विवाहको योजनाबारे कुरा गरेकी छिन्। उनी भन्छिन्, ‘मलाई थाहा छ, हाम्रो सम्बन्धलाई धेरैले मन पराउदैनन् तर प्रतिक्रिया गरेर म समय बर्बाद गर्न चाहदिनँ। विवाश मेरो दिमागमा छ तर सोहेल एक निर्देशकको रुपमा एक नयाँ करियरको सुरुवातमा छ, र म विवाहको अन्तिम फैसला लिनअघि दुई वर्षको पखाइएमा रहन चाहन्छु। किनकी हामी एकअर्काको साथ बस्न चाहन्छौँ।’

‘समाजको मतलब छैन’

उनले भनिन्, ‘हाम्रो सम्बन्ध कयौँ कारणहरुले गर्दा अगाडि बढेको हो, बढिरहेको पनि छ। विश्वास, सम्मान र एकअर्कालाई बुझेको कारण पनि हाम्रो सम्बन्ध बढिरहेको छ। मान्छे हाम्रो बारेमा कुरा गर्छन्। तर म बुझ्ने छु, आफूलाई सम्भालिरहेकी छु। म मेरो बाटोबाट जीन्दगी जिउँदै छु। म मात्र आफूलाई जवाफ दिन्छु। बाकीँ रह्यो दुनियाँको कुरा मलाई कुनै मतलब छैन।’

दुई जना अलगिए

भलै उनीहरुको यो सम्बन्ध धेरै टिकेन। सोहेल खानले १९९८ मा सीमा खानसँग विवाह गरे। पूजाले भने २००४ मा व्यापारी मनीष मखीजासँग विवाह गरिन्। तर २०११ मा उनीहरु अलगिए। 
 

प्रकाशित मिति: : 2022-05-05 21:31:00

प्रतिकृया दिनुहोस्