अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
बिएल संवाददाता
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणको अन्तिम दिन आज बुधबार दुई खेल हुँदैछन्। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय तालिकामा युथ एथ्लेटिको प्रतियागिता आयोजना भएपछि लिगका खेल दुई दिन सरेका थिए।
आज दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । शेर्पा पहिलो जितको खोजीमा हुनेछ। शेर्पाले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन। शेर्पा २ खेलमा १ अंक जोडेर १२औँ स्थानमा छ।
नेपाल पुलिस भने दोस्रो जितको निकाल्ने दाउमा हुनेछ । पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस अंक तालिकाको सातौँ स्थानमा छ।
साझ पौने ५ बजे सुरु हुने दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब आमुने सामुने हुनेछन्।
जावलाखेल आज पहिलो अंकको खोजीमा हुनेछ। जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन। अंक विहीन जावलाखेल लिगको १३ औं स्थानमा रहेको छ।
साविक विजेता मछिन्द्र दोस्रो जित निकाल्दै उपाधि दाबेदारी यथावत राख्न चाहन्छ। मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ। मछिन्द्र छैटौं स्थानमा रहेको छ।
आजको खेलसँग तेस्रो चरणका खेल समाप्त हुनेछन्। जारी लिगमा ३ खेलबाट ७ अंक जोडेको सातदोबाटो युथ क्लब शीर्षस्थानमा रहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया