‘कबिर सिंह’ बाट चर्चा बटुलेकी कियारा

IWMBuzz
IWMBuzz

भारतीय  फिल्म ‘फगली’ बाट  बलिउडमा प्रवेश गरेकी कियारा अडवाणी पछिल्लो  समय निकै चर्चामा छिन्।

वास्तविक नाम आलिया भएपनि बलिउड आउनुअघि नै उनले  आफ्नो पहिचान बदलेकी थिइन्।

सुरूवाती दिनहरूमा आफूलाइ चिनाउन नसकेकी उनले २०१९मा रिलिज भएको फिल्म ‘कबिर सिंह’ बाट भने चर्चा बटुल्न सफल भइन्। उनको अभिनयलाइ दर्शकले खुलेरै प्रशंसा गरे।

कबिर सिंहबाट चर्चा पाएकी उनले १३ वटा फिल्ममा अभिनय गरिसकेकी छन्। २०२२ मा रिलिज हुन लागेको फिल्म ‘भुल भुलैयाँ–२’, ‘गोविन्द नाम मेरा’ र  ‘जुुग जुुग जियो’ मा उनको अभिनय रहनेछ। 
 

प्रकाशित मिति: : 2022-05-05 14:44:00

प्रतिकृया दिनुहोस्