जो पहिरनको कारण चर्चामा आउँछिन्

File photo
File photo

भारतीय अभिनेत्री उर्फी जाबेद आफ्नो पहिरनका कारण चर्चामा आउने गरेकी छन्। 

‘बिगबोस ओटिटी ’बाट लाइमलाइटमा आएकी  उर्फी बेला मौका आफ्नो दर्शकहरुलाई हैरानमा पार्ने गर्छिन्। 

उनी कहिले पाइन्टमाथि  पाइन्ट  त कहिले  सिक्रीको  झुन्ड बाधेँर  कार्यक्रममा  पुग्छिन्।

कसैले  उर्फीको यस  हर्कतलाई  राम्रो  मान्छन् त  कसैले नाटक  गरेको समेत  भन्ने  गरेका छन्।

२०१६ मा सोनी इन्टरट्रेनमेनले  ल्याएको ‘बडे  भैयाकी  दुुल्हनिया’ मा अवनि पंतको  भूमिकाबाट  अभिनय थालेकी  उर्फीले  हाल सम्म ११ भन्दा बढी  सिरियलमा काम  गरिसकेकी छिन्।  जसमध्थे  चर्चित छन् –‘चंद नंदिनी’ ,  ‘जिंजीमा’, ‘कसैटीजिन्दगीकी’।

आफ्नो अभिनयबाट चर्चा नपाएकी उनले करन जोहरले  होस्ट गरेको  ’बिगबोस ओटिटी’ बाट भने  चर्चामा कमाउन थालेकी  हुन्।  

उनी आफ्नो अनौठो पहिरनमा फोटो खिचाएर चर्चा  बटुल्न निकै माहिर छिन्।

प्रकाशित मिति: : 2022-05-05 14:53:00

प्रतिकृया दिनुहोस्