जब बलिउडमा हिरोइनबिनाकोे फिल्म बन्यो...

बलिउडको कुनै फिल्मको कुरा गर्ने बित्तिकै त्यहाँ एउटा कुरा आउँछ, फिल्ममा हिरो र हिरोइन को छन्? किनकी फिल्म भनेपछि मानिसको मस्तिकमा सुरुमा आउने कुरा नै हिरोइन कस्ती होलिन् भन्ने  हो। तर, यदि फिल्ममा कुनै हिरोइन नै छैन भने? बलिउडमा त्यस्तो फिल्महरु बनिसकेका छन्, जहाँ हिरोइनको भूमिका नै छैन। जसले बक्स अफिसमा धमाल नै मचाएको छ। तर कुनै फिल्म भने फ्लप नै भएको छ। 

ओएमजी
अरुभन्दा छुट्टै फिल्म हो, ओएमजी। जहाँ परेश रावलको अभिनय छ। उनीसँगै अक्षय कुमारको पनि भूमिका रहेको यो फिल्ममा कुनै हिरोइन छैन। तर पनि दर्शकले फिल्मलाई रुचाएका थिए।

ए वेडनेसडे 
यो फिल्ममा पनि हिरोइन छैन। फिल्मको जिम्मा नसीरूद्दीन शाह र अनुपम खेरको काधँमा थियो। उनीहरुले फिल्ममा गरेको अभिनयले दर्शकलाई दिकदार बनाएन। 

धमाल
पाँच जना हिरो भएको फिल्म हो, धमाल। जहाँ हिरोइनको कुनै रोल नै छैन। मनोरञ्जनले भरिपूर्ण उक्त फिल्मले हिरोइनको अनुभव पनि हुन दिदैँन। यो फिल्मले दर्शकहरुलाई निकै मनोरञ्जन गरेको थियो। 

फरारी कि सवारी
फिल्ममा पिता र छोराबीचको इमोशनल केमिस्ट्रीलाई देखाउँछ। तीन पीढीको यो फिल्ममा न आमाको भूमिका छ, न त हजूरआमाको नै। तर यो फिल्मले त्यति धमाल मच्चाएन जति सोचेको थियो। 

चेन कुली की मेन कुली
क्रिकेट मन पराउनेहरुका लागि यो शानदार फिल्म हो। एक अनाथ बच्चाको क्रिकेट बन्ने सपना र राहुल बोसको अभिनय। जसले फिल्मलाई निकै इमोशनल बनाएको छ। फिल्मले बक्स अफिसमा भमाल माउन सकेन।

तारे जमीन पर 
फिल्म शिक्षक र विद्यार्थीबीचसँग आधारित छ। आमिर खान र दर्शिल सफारीको अभिनयले फिल्मलाई ‘इन्ट्रेश्टिङ’ बनाइदिएको छ। जसमा हिरोइनको कमीको महसुुुस भएन। 

प्रकाशित मिति: : 2022-05-08 12:35:00

प्रतिकृया दिनुहोस्