भारतको लोकप्रिय १०० सेलीब्रेटी मध्येमा आलिया

आलिया भट्ट बलिउडको सफल अभिनेत्री मध्ये एकमा पर्दछिन्।

‘स्टुडेण्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेकी आलिया सर्वाधिक पारिश्रमिक लिने नायिका मध्येकी एक हुन्। उनी प्रत्येक फिल्मबाट ५ देखि २० करोड सम्म लिने गर्दछिन्।

उनी सन् २०१४ देखि नै भारतको लोकप्रिय १०० सेलीब्रेटीमध्येको लिस्टमा देखा पर्न थालेकी  हुन्।

यस्तै सन् २०१७ मा भएको अन्डर ३० नायिकाको लिस्टमा पनि उत्कृष्ट हुन सफल भइन्। सानै उमेरबाट नायिका बन्ने रहर बेकेकी आलियाले १२ पढिन् र फिल्मी क्षेत्रमा काम गर्न थालिन्।

आलियाले हाल सम्म २५ भन्दा बढी  फिल्ममा अभिनय  गरिसकेकी छिन्।

उनको चर्चित चलचित्र मध्ये ‘स्टुडेण्ट अफ दि इएर’, टु स्टेट, राजी, सानदार, बदरीनाथ कि दुल्हिनियाँ, हम्टी शर्माकी दुल्हिनियाँ, कलंक, गंगुबाई काठीयावाडी, गल्ली वोई, आरआरआर, हाइओए आदि रहेका छन्।

आलिया फिल्ममा नभई गायनमा पनि रुची राख्ने गर्दछिन्। उनले खेलेका फिल्महरुमा पनि गीत गाएकी छिन्। जसमध्ये हाईओएमा सोहा सुहा, हम्टी शर्माकी दुल्हिनियाँमा सम्झावाकी, तथा उड्ता पंजाबमा इक कुडी लगायतका गीतहरु गाएकी छिन्। 

   

प्रकाशित मिति: : 2022-05-29 17:37:00

प्रतिकृया दिनुहोस्