आलियालाई विवाह गरेपछि बदलिए रणबीर कपूर

pinkvilla
pinkvilla

बलिउडका अभिनेता रणबीर कपूर अभिनेत्री आलिया भट्टलाई विवाह गरेपछि निकै बदलिएका छन्। जसको कारण उनकै आमा अभिनेत्री नितू कपूरले बताएकी छन्।

उनी पछिल्लो समय आफ्नो आउन लागेको फिल्म ‘जुग जुग जियो’ को तयारीमा लागिरहेकी छन्।

फिल्मको प्रमोशनका क्रममा उनले छोरा रणबीर र बुहारी आलियाको बारेमा बताइन्।

मिडियामा दिएको एक इन्टरव्यूमा उनले भनेकी थिइन्, ‘विवाहपछि रणबीर बदलिएका छन्।’

आलियाले घरमा पाइला टेकेपछि परिवारमा नै खुसी छाएको उनले बताइन्। उनले भनेकी थिइन्, ‘म आज धेरै खुसी छु, आलियाले रणबीरलाई धेरै माया दिएकी छन्। म धेरै भाग्यमानी छु। किनकी आलिया हाम्रो परिवारमा आएकी छन्। जीवन धन्ने भएको छ। विवाह नभएकोमा तनाव थियो तर अहिले अब कुनै तनाव छैन, विवाह भइसकेको छ।’

रणबीर र आलियाको विवाह ‘अप्रैल ४’ मा भएको थियो। विवाहअघि उनीहरु प्रेमसम्बन्धमा थिए।  उनीहरुको विवाहमा परिवारबाहेक केही साथीहरुको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: : 2022-06-19 11:38:00

प्रतिकृया दिनुहोस्