काेहलपुर घटना : सम्पत्तिकाे लागि भाइ–बुहारीको हत्या, चार महिने बच्चाले देख्न पाएनन् संसार

बाँकेको कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका विजयकुमार गडहरिया र कृष्ण कुमार गडरिया दुई दाजु–भाइ हुन्। घरमा दाजु–भाइको सम्पत्तिकै कारण विवाद भइरन्थ्याे।

बुवा घिरन गडरियाले कान्छो छारालाई बढी माया र विश्वास गर्थे भने जेठो छोरालाई कम विश्वास गर्थे। कहिलेकाँही विजयीको श्रीमतीकाे देबर कृष्णसँग समेत झगडा हुने हुन्थ्याे, जसको कारण थियो, सम्पत्ति। तर, उनका बुवा घिरनले कान्छो छोराको नाममा जग्गा पास गर्ने निधो गरे।

तर, जेठाे विजयले झगडा परेपछि रोकियो। स्थानीयकाअनुसार आज पनि झगडा भयो होला, सधैं हुने हल्लाजस्तै होला भन्ने भयो त्यति बेवास्ता गरेनन्। जेठो छोराले केही वर्षअगाडि बुबा घिरनलाई मार्ने योजना बनाए तर कान्छो छोराले मार्ने योजना सफल हुन दिएका थिएनन्।

कृष्णले १ वर्षपहिले अञ्जली गडहरियासँग विवाह गरेका थिए। विवाह भएपछि झन् जेठो छोरालाई सम्पत्तिको मोह बढ्यो। विजयले सम्पत्तिको मोह बढ्पछि परिवारकै सदस्य भाइ कृष्णको हत्याको गर्ने योजना बनाए, सोही योजना बमोजिम कन्ट्याक किलरले हत्या गर्ने सफल भए।

मंगलबार बिहान एक्कासी स्थानीयहरुले घरको कोलियामा दुई जना रक्त्ताम्मे भएको देखे। प्रहरीलाई फोन गरे। फोन गर्ने साथ इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लको टोली घटनास्थलमा पुग्याे। मल्लले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेलाई समेत खबर गरे।

जिल्लाबाट दुई र कोहलपुरबाट एक गरी तीन वटा प्रहरीको गाडी आयोे। घटनाको बारेमा मुचुुल्का उठायो। स्थानीयहरुको निकै भीड भयो। प्रहरीले अनुसन्धानको लागि कुकुर प्रयोग गर्‍याे तर कुकुर घरदेखि बाहिर गएन। प्रहरीलाई शंका लाग्यो किन कुकुर बाहिर गएन ? मृतकको कृष्णको बायाँ हातको नाडिमा खुकुरीले हानेको र कृष्णको श्रीमती अञ्जली गडहरियाको घाँटीमा डोरीको डाँम रहेको मुचुल्का उठायो।

शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइयो। रिपोर्टमा कृष्णको श्रीमती अञ्जली ४ महिनाको गर्भवती देखियो। दुवै श्रीमान–श्रीमतीलाई हत्या नै गरेको पुष्टि भएपछि झन प्रहरी खोजीकार्य तिव्र बनायो। सबै स्थानीयहरुलाई सोधपुच्छ गर्दै अनुसन्धानअगाडि बढ्यो।

कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी ऐनबहादुर मल्लले जेठो छोरा विजयीको एनआईसी एसीया बैंकबाट ५० लाख लोन लिएको ऋण बाँकी रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए। ऋण तिर्न रकम चाहिएको छ भन्दै थियो जेठो छोराले कान्छो छोरालाई मारेर सम्पत्ति आफ्नो नाममा पार्ने योजनाका साथ कन्ट्याक किलरलाई १ लाख सुपारी दिई हत्या भएको मल्ले जानकारी दिए।

पत्रकार सम्मेलन गर्दै मल्ले दुई जना भारतीयलाई १८ दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोका लगायतको भिडियो बनाएर दिएको जानकारी दिए। दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दावी छ। घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ। दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाइ छ।

उता विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन्। अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिए पनि भाइको पनि हत्या भएको उनले स्वीकारेका छन्। हत्या गर्ने दुई भारतीय भनिएको छ तर नेपाली पनि हुन सक्ने आशंका गरिएको छ। अहिले मृतकका दाजु–भाउजुलाई प्रहरीको नियन्त्रणमा लिइएकोे छ भने थप हत्या गर्ने व्यक्तिहरुको खोजी कार्य जारी रहेको डिएसपी मल्लले बताए।

प्रकाशित मिति: : 2022-07-27 21:55:00

प्रतिकृया दिनुहोस्