इन्द्रजात्राः

सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

इन्द्रजात्रा आजदेखि सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ। नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ।

४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ। 

प्रकाशित मिति: : 2021-09-18 08:58:00

प्रतिकृया दिनुहोस्