बरू खरानी भइन्छ, तर जनतालाई धाेका दिइँदैन

Breaknlinks
Breaknlinks

राज्य–सत्ताले जहिल्यै आतंक मच्चाउँछ। राष्ट्रघातविरूद्ध उभिँदा पक्राउ पूर्जी जारी गर्छ। एउटा क्रान्तिकारीलाई चारैतिरबाट तर्साउँछ। जनतासँगै हिँड्न खाेज्दा बलमिच्याइँपूर्ण अस्वभाविक व्यवहार देखाउँछ।

विडम्बना– कम्युनिष्ट विचारकाे खाेक्राे खाेल ओढेका कतिपय सत्ताभाेगी पात्रले 'जनप्रेमी कम्युनिष्ट'लाई नै दुःख दिन्छन्। एक वाक्यमा भन्नुपर्दा, नेपाली राजनीतिका राष्ट्रघातहरूकाे वास्तविक चरित्र हाे।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर (साउन १६ गते साेमबार) नेपाल कम्युनिष्ट पार्टी–नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'लगायत कमरेडहरूलाई अदालतले पक्राउ पूर्जी जारी गर्‍याे। याे दुःखद पक्ष हाे। जब हामी राष्ट्रघातविरूद्ध अगाडि बढ्छौँ, यस किसिमका संकेतहरू देखा पर्छन्।


‘खर्चिलो र भड्किलो चुनावी प्रचारलाई शून्य बनाएका छौं’


नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तालाई धम्काएर, तर्साएर, बेमानी गरेर, धाेका दिएर, साम्राज्यवादीसँग घाँटी जाेडेर कहिलेसम्म राष्ट्रघात गर्न सक्छाैँ? आफ्नो देश, जनता, मूल्य–मान्नेता र अस्तित्वलाई समेत नामेट पारेर गठबन्धन सरकारले गैरजिम्मेवार काम गरेको छ। यसकाे सबैले पर्दाफाँस गर्नै पर्दछ।

अदालत सत्ताकाे एक अंग त हाे। तर यस्ता विषयमा थाेरै गम्भीर हुनैपर्छ। नेपाल कम्युनिष्ट पार्टी सौहाद्रपूर्ण तरिकाले सरकारसँग छलफलमै जुटेकाे छ। नेपाली जनताका एउटै स्वर छ– देशभित्र कसैले पनि दलाली गर्नु हुँदैन। साम्राज्यवादीसामु झुक्नु हुँदैन।

शासकहरूलाई हेक्का हाेस्– बरू खरानी भइन्छ, तर जनतालाई धाेका दिइँदैन। राजनीतिमा इमान्दारीता हुन्छ। सधैं धाेका पनि चल्दैन। याे युगका नागरिकहरू सचेत छन्। धाेका दिएपनि एक इन्च पछि नहटी अगाडि गइन्छ। रगत हाम्राे मात्रै बग्ने छैन, लडाइँ गर्न खाेज्नेहरूकाे पनि बग्न सक्छ! त्यसकारण सम्झौता लागू गरियाेस्। सरकारले ३ बुँदे सहमति कार्यान्वयनप्रति गम्भीरता देखाओस्।

जनमुत्ति सेनाले बन्दुककाे नालबाट ल्याएकाे गणतन्त्रकाे कुर्सीमा बसेर जनताकाे पार्टीलाई दमन गर्ने नै हाे भने दलालहरूका दिनहरू पनि सजिलै बित्दैनन्। अब जनताले छुट्टाउनुपर्छ। वैज्ञानिक समाजवाद ल्याउनुपर्नेछ। जाे एकीकृत जनक्रान्तिबाट मात्र सम्भव छ।

याे देशका जनतालाई धेरै अन्याय भएकाे छ। यसकाे हल क्रान्तिले गर्छ। क्रान्तिलाई राज्यका सबै अंगले सहयाेग गर्नुपर्छ। यदी त्यसाे हाेइन भने सबैले कुर्सी छाेड्नुपर्छ। याे त जनता र देशकाे आवश्यकता हो नी! फेरि भनाैँ– सत्ता गम्भीर हुनैपर्छ।

अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन– एमसीसी जस्ताे बिसालु र घातक सम्झौता नेपाल सरकारले गर्नु आफ्नै टाउकाेमा बन्चराे हान्नु बराबर हाे। पैसामा बिग्री हुने पार्टी र नेताहरू विस्तारै माटाेमा मिल्न जानेछन्। नेपाली जनतालाई हामीले भन्दै जानुपर्छ कि कांग्रेस, एमाले र प्रचण्ड–बाबुरामसम्म आउँदा देशमा ठूला–ठूला राष्ट्रघात भएका छन्।


विप्लव र प्रकाण्डलाई पक्राउ गर्न आदेश


यीनै पात्रहरूले गरेका कैयाैँ राष्ट्रघाती कमदले राजनीतिककाे कमजाेर मार्गमा हिँडिरहेका छाैँ। तर हामीहरूले हारेका छैनाैँ भ्रम नहाेस्–गण्डक सम्झौताले साह्रै अफ्ठ्याराे पारेकाे छ। महाकाली, अपरकर्णाली, काेशी, अरूण–३, बिप्पा सम्झौतालगायत राष्ट्रघाती काममा हालसम्म सरकारमा बस्दैआएका पार्टीहरू सबैकाे सहकार्य छ।

विश्वकाे इतिहासमा बिना क्रान्ति सत्ता परिवर्तन भएकाे छैन। तर मूर्खहरूले किन विराेध गर्छन् हाेला? सबै सजग हौँ। सचेत हौँ। पारदर्सी जवाफदेही बनाैँ। देश संकटमा छ।

वली नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेता हुन्।

प्रकाशित मिति: : 2022-08-02 08:50:00

प्रतिकृया दिनुहोस्