कङ्गोमा लाखौँ मानिस विस्थापित

Photo– iom.int
Photo– iom.int

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघको मानवीय निकायले देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो।

प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनवरी र जुन महिनाबीच आठ लाख  ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।

उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ। हाल यस देशमा  ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन्। 

असी प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अधिकांश विस्थापित व्यक्तिहरू कङ्गोको  तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन्। खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र  विद्रोही समूहहरू सक्रिय छन्।

गत वर्षको अन्त्यमा एम २३ विद्रोही समूहले पूर्वी कङ्गोमा पुनः युद्ध शुरु गरेर रणनीतिक सीमावर्ती शहर बुनागाना लगायतका भूभाग कब्जा गरेको छ।

प्रकाशित मिति: : 2022-08-11 22:23:00

प्रतिकृया दिनुहोस्