बूढानीलकण्ठ नगरपालिकाले सुरू गर्‍याे 'बृहत नगर सरसफाइ तथा सचेतना' अभियान

बूढानीलकण्ठ नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि 'बृहत नगर सरसफाई तथा सचेतना' अभियान सुरु गरेको छ। 

बूढानीलकण्ठलाई अझै समृद बनाउनको लागि नगरपालिकाले बुधबारबाट उक्त अभियान सुरू गरेकाे हाे। नगरपालिकाले अब हरेक महिनाको १ गते सरसफाई अभियानलाई निरन्तर दिने बताएकाे छ। 

'आज हामीले नगरपालिकाको उपप्रमुख, जनप्रतिनिधिहरु, नगरप्रहरी तथा टोलबासीहरुको सहयोगमा याे अभियान सुरुआत गरयौँ' फोहोरको व्यवस्थापन सबैको लागि राम्रो भएकाे भन्दै नगरपालिका प्रमुख मिठाराम अधिकारीले भने, 'फोहोरलाई वेवास्ता गर्याैँ भने आफैँलाई समस्या हुन्छ।'

अगामी दिनहरूमा प्रत्येक महिनाकाे १ गते नगरभित्रका सबै टोलहरू सरसफाइ गर्ने उनले बिएल नेपाली सेवासँग बताए। नगरपालिकाले यसभन्दा अगाडि खाेलाका किनारमा भएको फोहोर व्यवस्थापन गरिसकेको छ।

'हामीले आजबाट सुरु गरेको अभियान अब निरन्तर चल्छ, फोहोरको उचित व्यवस्थापनको लागि हामी निरन्तर लाग्ने छौँ, हरेक स्थानमा नगरबासीले आफूले व्यवस्थापित गर्न सक्ने फोहोरको व्यवस्थापन गर्नुहुन्छ र व्यवस्थापन गर्नै नसक्ने फोहोरहरुलाई नगरपालिकाले व्यवस्थित गर्नेछ' बूढानीलकण्ठकी उपमेयर अनिता लामाले बताइन्।

बूढानीलकण्ठ नगरपालिका आफैँमा एउटा सुन्दर नगरी भएकले यसलाई अझ सुन्दर बनाउनको लागि फोहोर व्यवस्थापन गर्न जरूरी रहेकाे लामाले बताइन्।

भोलीबाट बजार अनुगमन गर्ने बताउँदै उनी भन्छिन्, 'चाडपर्वको बेलामा कालोबजारी हुने भएकाले हामी भोलीबाटै बजार अनुगमन सुरु गर्नछौँ।' 

त्यसैगरी नगरपालिकाले नगरबासीको लागि सूचना जारी गरेकाे छ। जहाँ सडक पेटीको व्यवस्थापन, घरपालुवा जानवरहरुको व्यवस्थापन, कुहिने र नकुहिने फोहोरको व्यवस्था लगायतका कुराहरु उल्लेख छ। 

नगरपालिकाकाे फाेहाेर व्यवस्थापन गर्नु नगरबासी सबैकाे  जिम्मेवारी भएकाे  बूढानीलकण्ठ वातावरण सहायक प्रमुख विनोद पाठकले बताए।

'फोहोरको उचित व्यवस्थापनको लागि हामीले एउटा सूची तयार पारेका छौँ' उनी भन्छन् 'फोहोरमैला भन्ने कुरा चुनौती होइन्, फोहोरलाई उचित तरिकारले व्यवस्थापन गर्न सक्यौँ भने फोहोर ठूलो कुरै होइन्।'

नगरपालिकामा थुप्रिएकाे फाेहाेरबाट कम्पोस्ट मल बन्न बताउँदै बूढानीलकण्ठका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने भन्छन्, 'फोहोर त्यति ठूलो कुरा होइन हामीले फोहोरलाई कहाँ कसरी उपयोग गर्ने कुरा नजान्नेको मात्र हो, कुनै फोहोर हामीले तरकारीको मलको रुपमा प्रयोग गर्न सक्छौँ। फोहोर सबै काम लाग्ने चिज हो।' 

प्रकाशित मिति: : 2022-08-17 13:05:00

प्रतिकृया दिनुहोस्