चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँः प्रचण्ड (भिडियाे सहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन्।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन शाह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट आफूहरुले खोजिरहेको बताए।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे।

उनले माओवादीले गठबन्धनमा प्रतिनिधि सभा तर्फ ६० र प्रदेश सभा तर्फ १२० सिटको आकांक्षा राखेकाे समेत बताएका छन्। उनले भने ‘हामी गठबन्धन गरेर निर्वाचनमा जान्छौ, २० गत्ते सम्म संख्या निर्धारण गर्ने र २५ गत्ते सम्म क्षेत्र र व्यक्ति निर्धारण गर्छौ।’

प्रकाशित मिति: : 2022-08-29 16:53:00

प्रतिकृया दिनुहोस्