नेकपा एकीकृत समाजवादी जुम्लाकाे अध्यक्षमा न्याैपाने

नेकपा एकीकृत समाजवादी पार्टी जुम्लाकाे अध्यक्षमा आदिप्रसाद न्याैपाने सर्वसहमतिले चयन भएका छन्।

मंगलबार जुम्लामा आयाेजित जिल्ला भेलाबाट न्याैपाने अध्यक्ष निर्वाचित भएका हुन्।

नेकपा एमाले हुँदा लामाे समय पार्टी सचिवकाे जिम्मेवारी सम्हालेका न्याैपाने पार्टी फुटेर समाजवादी भएपछि अध्यक्ष बनेका हुन्।

नवनिर्वनचित समितिकाे उपाध्यक्षमा रतन बहादुर रोकाया, उपाध्यक्षमा पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाया, उपसचिवमा टेक प्रसाद धिताल र उपसचिवमा मैना शाही चयन भएका छन्।

अध्यक्ष लगायत पदाधिकारीकाे मंगलबार विहान पद तथा गाेपनियताकाे सपथ ग्रहण भएकाे छ। एकीकृत समाजवादी पार्टीका जुम्ला इन्चार्ज देविलाल थापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।

नवनिर्वाचित अध्यक्ष न्याैपानले आगामी दिनमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियाे बनाउन संगठन विस्तार गर्न लागेकाे बताए। 

'नेकपा समाजवादी पार्टीलाई जुम्लाकाे पहिलाे शक्ति बनाउन कसरत गर्नेछु,' उनले भने, 'सांगठित रुपमा बलियाे बनाउनसमेत लागि पर्ने छाैँ। पार्टी बनाउने कुरामा सधैँ कटिबद्ध हुनेछु। सबै साथ सहयाेग रचनात्मक सुझावकाे अपेक्षा छ।'

कार्यक्रममा ईन्चार्ज थापाले नयाँ निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी बधाई दिए। नयाँ पदाधिकारिलाई पार्टी बलियाे बनाउने संगठन सुदृढ गर्ने ठुलाे जिम्मेवारि प्राप्त भएकाे बताए।

'समाजवादीलाई जुम्लाकाे मुल पार्टी बनाउनतर्फ उन्मुख हुनसमेत नयाँ नेतृत्व सक्षम हुने विश्वास लिएकाे छु,' उनले भने, 'पार्टी निर्माण र सुदृढिकरण गर्नुपर्ने दाेहाेराे जिम्मेवारी छ। पार्टीलाई विधि पद्धतिअनुसार द्रुतगतिमा अघि बढाउन जरुरी छ। प्रतिघात र अन्तरघात गर्नेलाई अब ठाउँकाे ठाउँमै कारबाही गरिनेछ।'

लामाे समयदेखि पार्टीले नयाँ नेतृत्व नपाएकाे गुनासाे आएपछि छलफल गरी नयाँ नेतृत्व चयन गरिएकाे हाे।

प्रकाशित मिति: : 2022-08-30 14:08:00

प्रतिकृया दिनुहोस्