नागरिकता विधेयकबारे प्रचण्डले राष्ट्रपतिलाई भने–धेरै राजनीतिकरण नगरियोस्

File photo
File photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिन विधेयक ल्याएको बताएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएर बुधबार शीतल निवास पुगेका प्रचण्डले नागरिकताविहीन भएका सन्तानलाई नागरिकता दिन मात्र विधेयक ल्याएको बताएका हुन्। 

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे राखेको चासोबारे प्रचण्डले भने, ‘नागरिकता सम्बन्धी केही विषयमा राष्ट्रिय सहमति गर्न बाँकी छ। हाल नागरिकताविहीन अवस्थामा रहेका जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिन मात्र अहिले विधेयक ल्याएको हो। यसमा बढी राजनीतिकरण गरियो। राजनीतिकरण नगरियोस्।’


 
 

प्रकाशित मिति: : 2022-08-31 17:40:00

प्रतिकृया दिनुहोस्