गठबन्धन बैठकमा सिट बाँडफाँटबारे गहन छलफल

file photo
file photo

पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। साथै बैठक भोलि बिहान ११ बजे पुनः बस्ने सहमति भएको उनले बताए।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए। सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ।  
 

प्रकाशित मिति: : 2022-08-31 21:18:00

प्रतिकृया दिनुहोस्