सुनिल राई
पर क्षितिजमा
उदाएको चन्द्रमालाई
देखाउँदै भन्थ्यौ
बाबु , त्यो देउती माता हो
त्यहॉ देउताहरु बस्ने गर्छ
म रोमाञ्चित हुँन्थे
थोरै बुझेजस्तो
अनि धेरै कौतुहलमा पर्थेँ
उप्रान्त चन्द्रमालाई देख्दा
कोही आफ्नो जस्तो लाग्थ्यो
तर, कहिले प्रष्ट भएन
त्यो आफ्नो को हो ?
समय बित्दै गए
म ठूलो भएँ
तिमी बुढी हुँदै गयौ
म विदेशिएँ
तिमी आफ्नै कोठामा सिमित बन्यौ
इन्टरनेटको सहयोगले
मोबाइलको स्क्रिनमा
हामी आमा छोरा
घन्टौँ गफीरहन्थ्यौँ
कहिले मलाई सम्झेर रुन्थ्यौ तिमी
कहिले म भक्कानिन्थेँ
तिम्रो सम्झनामा आमा
तर, म भन्दिनथे तिमीलाई
तिमी दुख्दा
निको लाग्थेन मलाई्
आमा,
त्यो दिन आएरै छाड्याे
तिमीले मलाई छाडेर
फेरि कहिले नफर्कने गरी
मृत्यु स्विकार्यौ
म टुहुरो भएँ
मायाले मेरो निधार सुम्सुम्याउने
ति हातहरु
जलेर खरानी भए
म तिम्रो साथ बिना
फेरि सानो बच्चा जस्तो भएँ
केही नजानेको जस्तो
केही नबुझेको जस्तो
र, थाहा पाएँ आमा
तिमी बिनाको जीवन
वास्ना बिनाको फूल जस्तो भनेर।
अहिले मलाई
साझको प्रतिक्षा रहन्छ
पर क्षितिजमा
उदाएको चन्द्रमा हेर्न
खै किन उसलाई देख्दा
आफू टुहुरो नभएको जस्तो लाग्छ
उज्जेलिएर चन्द्रमाले मलाई हेर्दा
तिमीसँगै भएको जस्तो लाग्छ
बेचैनी र छटपटिले
ओक्ष्यानमा लडीरहँदा
कहिले दायाँबाट
कहिले बायाँबाट
चुपचाप नियालि रहने
देउती माता
किन मलाई तिमी जस्तो लाग्छ ?
उज्जेल्लिएको त्यो चन्द्रमामा
आफै देउती भएर
छाडेर गएको आफ्नो सन्तान
हेरिरहने आमा त होइन
के तिमी त होइनौँ आमा ?
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया