राष्ट्रिय जनमोर्चाले टुंग्यायाे प्रतिनिधिसभातर्फका उम्मेदवार

File Photo
File Photo

राष्ट्रिय जनमोर्चाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रतिनिधिसभातर्फ उम्मेदवार टुङ्गो लगाएको छ।

जनमोर्चाले शनिबार एक वक्तव्य जारी गर्दै उम्मेदवार टुङ्गो लगाएको जनाएकाे हो। 

गठबन्धन दलमा समेल जनमोर्चाले तत्काल बाग्लुङको प्रतिनिधिसभाको १ नम्बर निर्वाचन क्षेत्रबाट पार्टी अध्यक्ष चित्रबहादुर केसी र प्युठान प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको हाे।

प्रदेशसभाका लागि सिपारिस भएका उम्मेदवार केही दिनपछि सार्वजनिक गर्ने एक केन्द्रीय पदाधिकारी बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। 

वक्तव्यकाे पूर्ण पाठ यस्तो छ :

राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय
प्रेस वक्तव्य 
आज मिति २०७९ भाद्र १८ गते राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठक बोर्डका प्रमुख का. चित्रबहादुर केसीको अध्यक्षतामा बस्यो। बैठकले विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिस भई आएका उम्मेदवारको सुचिमाथि छलफल गर्यो। प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रुपमा सिफारिस भई आएका कमरेडहरुका बारेमा आवश्यक निर्णयहरु भएका छन्।

जुन क्रमशः सार्वजनिक गर्दै जाने छौँ। तत्काल बाग्लुङको प्रतिनिधिसभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी र प्यूठान प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य का. दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने बैठकले निर्णय गरेको छ। उक्त निर्णयलाई सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ।
२०७९ भाद्र १८ गते 
चित्रबहादुर के.सी.
अध्यक्ष

प्रकाशित मिति: : 2022-09-03 19:34:00

प्रतिकृया दिनुहोस्