इन्द्रध्वजको नगर प्रवेश (फोटो फिचर)

शनि शाक्य

काठमाडौं

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ। 

समितिले दिएको साइत अनुसार आज  बिहान ७ :२४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जानकारी दिएको छ।गत सोमबार बिहान ९: १७ बजे वनयात्रा गरी बेलुका ८: ९ बजे  लिङ्गोका लागि रुख काटिएको थियो। 

लिङ्गोलाई भदौ २२ गते बुधबार बिहान ७ :१७ बजे इन्द्रध्वजोत्थान गरिने समितिले जनाएको छ। समितिका अनुसार इन्द्रध्वजोत्थान गरेपछि कुमारी यात्राको लागि शुक्रबार र शानिबार तल्लो टोल र माथिल्लो टोलबाट यात्रा हुने बताएको छ।

त्यस्तै भदौ २९ गते बुधबार नानिचा यात्रा गरिने छ भने सोही दिन राति ७ :३३ मा  इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढालिने छ । 

 


 

प्रकाशित मिति: : 2022-09-04 10:19:00

प्रतिकृया दिनुहोस्