सय किलाे सुन प्रकरण

सय किलो सुन प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ

फाइल तस्विर
फाइल तस्विर

‘सय किलो सुन प्रकरण’मा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुन्धान व्यूरो (सिआइबी)को टोलीले शुक्रबार बिहान त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लुई फयान र लि जिएलिन रहेका छन्।

राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन्।

चीन जान लागेका उनीहरुलाई अध्यागमनको सहयोगमा पक्राउ गरिएको हो। उनीहरु हिमालयन एयरबाट चीन जान लागेका थिए।

उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखेको थियो। त्यसपछि अध्यागमनले उनीहरुलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो। अध्यागमनलाई ब्यूरोले ती चिनियाँ नागरिकलाई कालोसूचीमा राख्न अनुरोध गरेको थियो।

अहिलेसम्म सुन प्रकरणमा २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

साउन २ गते राजस्वको टोलीले भन्सार जाँच पास गरेर बाहिरिएको करिब एक अर्बको सुन बरामद गरेको थियो।

प्रकाशित मिति: : 2023-08-11 10:48:00

प्रतिकृया दिनुहोस्