जुम ब्युटी एकेडेमीमा पर्मानेन्ट मेकअपसम्बन्धी तालिम सुरु (भिडियोसहित)

जुम ब्युटी एकेडेमीले काठमाडौँ बालाजुस्थित शाखाबाट पर्मानेन्ट मेकअपसम्बन्धी तालिमको सुरुवात गरेको छ।

नेपालभरका ब्युटीसियन क्षेत्रमा काम गरिरहेका ब्युटीसियनहरुलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको आयोजना गरेको हो।

प्रशिक्षणमा जुम ब्युटी एकेडेमीका विद्यार्थी ब्युटीसियनसंगै नेपालभरका ब्युटी क्षेत्रमा जोडिएका व्यक्तिहरुले तालिममा भाग लिएका छन्।

तालिममा थाइल्यान्डस्थित बायोटच इन्टरनेशनल ब्युटी एकेडेमीका म्यानेजिङ्ग डाइरेक्टर टिडा र टेक्निसियन निरिनले  प्रशिक्षण दिदै आएका छन्। उक्त प्रशिक्षण भाद्र २६ बाट असोज १ गतेसम्म चल्नेछ।

तालिमपश्चात तालिममा भाग लिएका ब्युटीसियनहरुले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउने छन्। जसले उनीहरुले संसारभर आफ्नो पेशा रोजगारमुलक र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएकाेले निकट भविष्यमै सकारात्मक लाभ लिन सकिने एकेडेमीका निर्देशक कृशप तनाबासुले बताए।

प्रकाशित मिति: : 2022-09-11 14:41:00

प्रतिकृया दिनुहोस्