लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी छिन्।

बिहीबार बिहान महालक्ष्मी नगरपालिका–८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लग्दा कोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-15 21:52:00

प्रतिकृया दिनुहोस्