मोरङ -४ अन्य दललाई नदिने कांग्रेसको अडान

BreaknLinks
BreaknLinks

मोरङ क्षेत्र नम्बर-४ का नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले सो क्षेत्र अन्य पार्टीलाई छाड्न नसक्ने घोषणा गरेका छन्। 

सोमबार निर्वाचन क्षेत्र अन्तरगतका बुथ सभापति, पालिका सभापति र केन्द्रीय सदस्यहरुको संयुक्त भेलाले मोरङ-४ अन्य पार्टीलाई छाड्न नसक्ने घोषणा गरेका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली, पूर्व राज्यमन्त्री दिलिप गच्छदार, ग्रामथान र कटहरी गाउँपालिकाका प्रमुखलगायतको उपस्थितिमा भएको भेलाले गठबन्धनका अन्य दललाई मोरङ क्षेत्र नम्बर ४ नछाड्ने निर्णय गरेका हुन्।

मोरङ-४ कांग्रेसको पकड क्षेत्र भएको भन्दै उनीहरुले सो क्षेत्र नछाड्ने नेतृत्वलाई चेतावनी दिएका छन्। २०७४ को निर्वाचनमा माओवादीले जितेबाहेक यो क्षेत्रमा कांग्रेसबाहेका दलले चुनाव जितेका छैनन्।

उक्त भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री गच्छदारले कुनै पनि हालतमा मोरङ-४ अन्य पार्टीलाई दिए मान्न नसकिने चेतावनी दिए। उनले मोरङ-४ मा कांग्रेसलाई नै टिकट दिनेपर्ने बताए।

कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले निर्वाचन क्षेत्रका सबै कांग्रेसका कार्यकर्ताहरु आफ्नै पार्टीका नेताले टिकट पाउनुपर्नेमा रहेको बताउँदै कांग्रेसबाहेक अन्य विकल्प खोज्न नहुने बताए।

उक्त भेलामा वडाका बुथ सभापति, पालिका सभापति गरी करिब १५० जना नेता कार्यकताहरुको सहभागीता रहेको थियो। सो निर्वाचन क्षेत्रमा २३ वडा रहेका छन्।

प्रकाशित मिति: : 2022-09-26 21:54:00

प्रतिकृया दिनुहोस्