पाल्पामा मन्दिर जाँदै गरेको जिप दुर्घटना : ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

file photo
file photo

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरीमा जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। 

गाउँ नजिकैको गखुङगा देवी मन्दिर दर्शनको लागि हिडेको यात्रु सवार लु १ ज २५८३ नंम्बरको जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुझुङ्गका प्रमुख प्रहरी नायब निरिक्षक सोम बहादुर सारुले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारको लागि सदरमुकाम तानसेन पठाइएको उनले बताए।

भुवनपोखरीबाट महानवमीको अवसरमा गखुङगा देवी मन्दिर दर्शनको लागि जाने क्रममा मन्दिर नजिकैको उकालो बाटोमा जिप उकालो तान्न नसकेर ब्याक हुँदा दुर्घटना भएको सारुले बताए। 'घाइतेहरुको उद्धार स्थानीय र प्रहरीले गरेको हो' उनले भने।

घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न जिल्लाबाट थप प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी प्रमुख जनक बहादुर शाहीले बताए। 

प्रकाशित मिति: : 2022-10-04 13:08:00

प्रतिकृया दिनुहोस्