यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा बुधबार तीन खेल हुँदैछ। नवलपुरको गैंडाकोट नगरपालिका र हेटौंडा उपमहानगरपालिका पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने समूह ‘एफ’ अन्तर्गतको पहिलो खेल जारी छ। प्रतियोगिताको सातौं दिनको दोस्रो खेल दिउँसो १२ बजे समूह ‘जी’ अन्तर्गत पोखरा महानगपालिका र कैलालीको गोदावरी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा समूह ‘एच’ को धनकुटा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।
समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्।
प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन–तीन टिम रहेका छन्।
प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन्। उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया