पुष्पा २ मा अर्जुन कपुर पुलिस अफिसर !

File Photo
File Photo

फिल्म ‘पुष्पा’ को दोस्रो भागलाई लिएर एक नयाँ खबर बाहिर आएको छ। खबरअनुसार ‘पुष्पा २’ लाई बलिउडसँग छुवाउनका लागि निर्माताले अभिनेता अर्जुन कपुरलाई अभिनय गराउने भएका छन्। फिल्ममा अर्जुन पुलिस अफिसरको भूमिकामा हुनेछन्।

फिल्मका निर्माताहरु फिल्मलाई ‘पुष्पाः द राइज’ भन्दा कैयौं ठूलो बनाउन चाहन्छन्। सोही कारण उनीहरुको ध्यान बलिउडका दर्शकलाई आफ्नो फिल्ममा आकर्षण रहेको छ।

फिल्ममा अर्जुनलाई अभिनय गराउने भनिए पनि यो विषयमा हालसम्म आधिकारिक केही जानकारी बाहिर आएको छैन। यदि यो फिल्मका लागि अर्जुनले सहमति जनाए पनि उनको यो पहिलो तेलुगु फिल्म हुनेछ। बलिउडमा अर्जुनले खासै केही कमाल देखाउन सकेका छैनन्। यो अवस्थामा यसअघि हिट भइसकेको ‘पुष्पा’को सिक्वेलमा उनलाई देखिनु करियरका लागि नयाँ उचाइ हुने विश्वास गरिएको छ।

‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको थियो। फिल्ममा अल्लू अर्जुनले ‘पुष्पाराज’ र अभिनेत्री रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए। फिल्मले विश्वव्यापी रुपमा ३ सय ५० करोड बढी कलेक्सन गरेको थियो। फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड बताएका छन्।

प्रकाशित मिति: : 2022-10-08 10:52:00

प्रतिकृया दिनुहोस्