यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
महामारीले सेलाएकाे 'फुकेट' टापू अघिल्लाे वर्षदेखि एकाएक चम्किएकाे छ। त्यसाे त थाइल्यान्ड पर्यटनमा निर्भर मुलुक हो।
थाइल्यान्डले लाखाैँ पर्यटकलाई बैंककदेखि फुकेटसम्म तानिरहेकाे छ। पर्यटकहरूले घेरिएको फुकेटमा हजारौं थाई–नेपाली बस्छन्। उनीहरू मन्दिरदेखि मार्केटसम्म, सडकदेखि समुन्द्रसम्म भेटिन्छन्।
फुकेट सहरमा थप पर्यटक तान्न पाटोङ नगरपालिकाले आयोजना गरेको 'पाटोङ बिच' 'कार्निभल फेस्टिभल'मा थाई–नेपाली संघ फुकेट शाखाका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका छन्।
उनीहरूले ऐतिहासिक 'कार्निभल–वाक'मा नेपाली परम्परागत पोशाक लगाएका छन्। दौरा–सुरुवाल, टोपी, साडी र चाेलीमा सजिएका उनीहरूले हात–हातमा थाई राजा–रानीकाे तस्विर समातेका छन्।
थाइल्यान्डमा नेपाली भाषीहरूको यकिन तथ्यांक छैन। तर एउटा विशाल देशमा जातीय अस्तित्वको जर्गेना गर्दैछन्।
थाइल्यान्डमा आफ्नो मौलिक कला–संस्कृति जोगाउन/फैलाउन सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका छ। धार्मिक संस्था र मन्दिरमार्फत् नेपाली भाषा जोगाएर नेपालीपन कायमै राखेको बताउँछन्।
कतिपय नेपालीहरू आफैंले व्यापार गर्छन्। ट्याक्सी चलाउँछन्। सडकमा खाना बेच्छन्। सानातिना सटर खोलेका छन्। घर–जग्गाको कारोबारमा जमेका छन्।
महाजनको घरमा काम गर्छन्। कतिपय थाई विद्यालयमा पढाउँछन्। उद्योग, कलकारखानासम्मै नेपालीहरू पुगेका छन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया