फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ अल्जेरियाको भ्रमणमा

photo : hindustan times
photo : hindustan times

अल्जेरियासँगको सहयोगलाई बढाउन दुई दिने भ्रमणका लागि आइतवार फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्न अल्जियर्स आइपुगेकी छिन्।

सोह्र जना वरिष्ठ अधिकारीहरुको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उजले आफ्ना अल्जेरियाका समकक्षी अयमान बेनाबदेररहमानेसँग वार्ता गरेकी छिन्।

सन् १९५४ देखि १९६२ सम्म चलेको अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामका पीडितहरूको सम्झनामा शहीद स्मारकमा पुष्पहार चढाएकी छिन्। चलिरहेको अन्तर्राष्ट्रिय उर्जा सङ्कटको बीचमा विश्लेषकहरूले बोर्नको भ्रमणको उद्देश्य फ्रान्स र अल्जेरिया बीचको विशेष गरी ग्यास क्षेत्रमा सहयोग बढाउनु रहेको बताएका छन्।

उनको अल्जेरिया भ्रमण अगस्टको अन्त्यमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणको छ हप्तापछि भएको थियो।
 

प्रकाशित मिति: : 2022-10-10 15:01:00

प्रतिकृया दिनुहोस्