लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गर्नु परेकाे हाे : देउवा

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन्।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन रहरले नभएर लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन्।

सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल  दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताएका थिए।

उनीहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गरे।

संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-24 14:58:00

प्रतिकृया दिनुहोस्