इलाममा सुहाङ फराकिलाे मतान्तरले अगाडि, रास्वपाले कटायाे २ हजार

इलाम-२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

हालसम्मको मतपरिणामअनुसार नेम्वाङले १६ हजार ९ सय ४४ मतख प्राप्त गरेका छन्।

यता नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच भने प्रतिस्पर्धा देखिएकाे छ। जसअनुसार कांग्रेसका डम्बरबहादुर खड्का ११ हजमर २ सय ७१ मतसहित दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम ९ हजार ४५ मतसहित तेस्राे स्थानमा छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो। 

प्रकाशित मिति: : 2024-04-29 17:57:00

प्रतिकृया दिनुहोस्