इलाम– २ अपडेट: सुहाङ नेम्वाङले १४ हजार मत पाउँदा अन्यले १० हजार कटाउन सकेनन्  

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

दिनको ३ बजेको मतपरिणामअनुसार नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेम्वाङलाई कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्। 

उनले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्। 

प्रतिष्पर्धाको अन्तममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू छन्। उनले १ हजार ९ सय ४५ मत प्राप्त गरेका छन्। 

शनिबार भएको उपनिर्वाचनमा इलाम २ मा १९ जना उम्मेदवार छन्। ४ जनाबाहेक अन्य उम्मेदवार भने निकै न्युन मात्रामा मत प्राप्त गरेका छन्। 

–अपडेटेड

प्रकाशित मिति: : 2024-04-29 14:29:00

प्रतिकृया दिनुहोस्