तनहुँ–१ मा रामचन्द्र पौडेल निर्वाचित

Breaknlinks
Breaknlinks

तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन्।पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित हुन पुगे।

सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन्।

यद्यपि, निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गर्दै छ। 
 

प्रकाशित मिति: : 2022-11-24 10:47:00

प्रतिकृया दिनुहोस्