महानगरको निर्ममता :

‘संवेदनाहीन मेयर’

अनलाइनखबर

काठमाडाैं

‘एउटा जनप्रतिनिधि यति निर्मम, संवेदनाहीन अनि गैरजिम्मेवार हुनसक्छ र ?’ कलाकार दुर्जाङ शेर्पा बिहीबार रत्नपार्कको भित्ताको अघि उभिएर मलिन अनुहार बनाएर भन्दै थिए, ‘महामारीका आफ्नो ज्यानको बाजी लगाएर काम गर्ने फ्रन्टलाइनरको सम्मानमा हृदयदेखि नै बनाएको चित्र मेटाएर महानगरपालिकाले के जित्यो ? के पायो ?’

सबै मिलौं, जुटौं, उठौं भन्ने सन्देशका साथ बनको चित्र मेटिएपछि आफूहरु निराश भएको उनी बताउँछन् । ‘राणा शासनमा पनि कला र कलाकारलाई यसरी अपमानित गरेको सुनेका थिएनौं, राजधानी शहरमा भएको अरु शहरले के सिक्लान्,’ उनी भन्छन्,’यति क्रुर पनि कोही होला ?’

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको मानवीय संवेदनामाथि यस्तो प्रश्न उठेको पहिलो पटक होइन । २०७४ मा सय दिनभित्र १०१ काम गर्छु भनेर वाचा गर्दै निर्वाचित भएका शाक्यको विगत ४ वर्ष विवाद र आलोचनाकै सिलसिलामा बित्यो ।

जनप्रतिनिधि र कर्मचारीलाई मनलाग्दी सुविधा दिएको, नेताका नामका प्रतिष्ठानलाई पैसा बाँडेको र रानीपोखरी, कमलपोखरी तथा बागदरबारजस्ता सम्पदाको पुर्ननिर्माणका पक्षमा असंवेदनशील देखिएकाले मात्रै उनको आलोचना भएन, उनी पटक-पटक मानवीय संवेदनाको विपक्षमा  निर्मम रुपमा उत्रिए ।

कोरोना महामारीको दोस्रो लहर आउँदा महानगरपालिकाले एक किलो चामल समेत वितरण गरेन । वडा कार्यालयमा राहत माग्न पुगेकाहरू रित्तै फर्किए ।

प्रकाशित मिति: : 2021-07-03 11:42:00

प्रतिकृया दिनुहोस्