पत्रकार ऋषि धमलाले ‘रअ’ प्रमुखलाई सुटुक्क भेटे !

File Photo
File Photo

चर्चित पत्रकार ऋषि धमलाले भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागरलाई भेटेका छन्।

शनिबार एकाबिहानै उनी ‘रअ’का नेपाल प्रमुखलाई भेट्न ‘भट्नागर-निवास’ विशालनगर पुगेको भारतीय दूतावासनिकट स्रोतले जनाएको छ।

‘एजेन्सीले बोलाएपछि पत्रकार धमलाजीले चिफसापकहाँ जानुभएको हो। उहाँ धेरै समय बस्नुभएन। चिया पिएर जानुभयो,’ ‘रअ’ कार्यालयका एक अधिकारीले भने।

पत्रकार धमला डेढ घण्टा विशालनगर बसेर सीधै घर फर्किएका थिए। स्रोतका अनुसार उनले आम-निर्वाचन र आगामी नयाँ सरकारबारे आम सञ्चारमा देखिएका-सुनिएका विषयमा रिपोर्टिङ गरेका छन्।

तर पत्रकार धमलाले भने भारतीय खुफिया एजेन्सीका कुनैपनि उच्च अधिकारीसँग हिजो-आज नभेटेको बताएका छन्। ‘मैले एक महिनायता कसैलाई भेटेको छैन। मलाई रअ प्रमुखले बोलाएका पनि छैनन्।’

प्रकाशित मिति: : 2022-12-04 14:33:00

प्रतिकृया दिनुहोस्