माओवादीको पदाधिकारी बैठक सुरु (तस्बिरहरु)

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएकाे छ। पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार दिउँसो ३ बजेपछि बैठक सुरु भएकाे हाे।

बैठक निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल गरिने नेताहरुले जनाएका छन्।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ।

प्रकाशित मिति: : 2022-12-04 15:04:00

प्रतिकृया दिनुहोस्