चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला

photo : wikipedia
photo : wikipedia

चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ।

चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो। गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ।

डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ। डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो।

प्रकाशित मिति: : 2022-12-04 18:30:00

प्रतिकृया दिनुहोस्