बिहिबार, २१ अगस्ट २०२५

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन्।

बुधबार बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ। 

बुधबार, बैशाख २६, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)