पिपल्स क्याम्पसले मनायो ४१ औं वार्षिकोत्सव (भिडियाेसहित)

पिपल्स क्याम्पसले कलेजकाे ४१ औं वार्षिकोत्सव मनाएकाे छ। 

शनिबार क्याम्पसकाे सभा हलमा शिलु मानन्धरकाे प्रमुख अतिथीमा कलेजले वार्षिकोत्सव मनाएकाे हाे। 

उक्त अवसरमा कलेजले पुरस्कार वितरण समारोह गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लगायत शिक्षकहरूलाई सम्मान गरेकाे थियाे।

त्यसैगरी क्याम्पसका प्रधानाध्यापक मनोज कुवरले सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई धन्यवाद दिँदै अगामी दिनमा क्याम्पसको शैक्षिक अवस्थामा गुनात्मक गुणस्तर बढाउँदै लैजाने बताएका थिए।

कार्यक्रममा सभापति क्याम्पस संचालक समितिका अध्यक्ष मंगलदास प्रधान, प्रमुख अथिती नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डा. शिलु मानन्धरको उपस्थिति रहेको थियो। त्यस्तै क्याम्पस संचालक समितिका सदस्यहरू पीयूष बहादुर अमात्य, निर्मल मणि पन्थी, वासुदेव लामीछाने, त्रीरत्न मानन्धर,सुर्य प्रसाद श्रेष्ठ,  नेत्र प्रसाद ज्ञवाली क्याम्पस प्रमुख मनोज बहादुर कुवर, सहायक क्याम्पस प्रमुख रोजेस पण्डित लगाएत शिक्षक शिक्षिका तथा विधार्थीहरुको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: : 2022-12-24 15:00:00

प्रतिकृया दिनुहोस्