आईसीसी टी-२० विश्वकप

टी-ट्वान्टी विश्वकप : बंगलादेश स्कटल्याण्डसँग पराजित

File Photo
File Photo

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको छ।आइतबार राति ओमानमा भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो।

१४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ सर्बाधिक  रन बनाए। जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए। 

बंगलादेशका मेहदी हसनले ३ विकेट लिए। मुस्ताफिजुर रहमान र शकिब अल हसनले समान २र२ विकेट लिए।

विश्वकपको पहिलो चरण अन्तर्गत नै ओमानले विजयी सुरुवात गरिसकेको छ।

आइतबार नै भएको खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन्।

पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्। 

प्रकाशित मिति: : 2021-10-18 11:42:00

प्रतिकृया दिनुहोस्