टी-२० क्रिकेट : खेलाडी र क्यानबीच सहमति भएपछि खेल सुरू 

शनि शाक्य

काठमाडौं

पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न नमानेपछि विवादमा परेको नेपाल टी-२० लिग पुन: सुरु भएको छ।

नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच सहमति भएपछि खेल सुरु भएको हाे।

खेलाडीले टस गर्न नमानेपछि विवादमा परेको काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ढिलो गरी सुरू भएकाे हाे।

पारिश्रमिक नपाएकाे भन्दै खेलाडीले खेल्न नमानेपछि विवाद उत्पन्न भएको थियो। तर, अहिले क्यान र खेलाडीहरुको सम्झौतापछि खेल पुन: सुरू भएकाे हाे।

यसअघि १० ओभरको खेल हुने तालिका थियो तर अहिले सहकार्यमा खेल ९ ओभरमा सकिने सहमति भएको छ।

प्रकाशित मिति: : 2023-01-03 10:54:00

प्रतिकृया दिनुहोस्