के तपाईं राति सुत्ने समयमा मुख खोलेर सुत्नु हुन्छ। यदी तपाईंको बानी मुख खोलेर सुत्ने छ भने अहिलेदेखि नै बदल्नुहोस्। किनकी भविष्यमा यही बानीले नै तपाईंलाई बिरामी बनाउन सक्नेछ। खासमा मुख खोलेर सुत्नुलाई ‘स्लीप’ एपनिया भनिन्छ।
‘स्लीप’ एपनियामा निन्द्राको समयमा सास रोकिन सक्छ। यसको कारण शरीरमा ब्लॉकेज और कन्जेशन हो। जब हामी ढल्किन्छौँ तब ब्लढ सर्कुलेशनको कारण नाकको भित्र रगत भरिन्छ।
जसको कारण नाक भित्रबाट सुन्नीने गर्छ। जसकारण नाकबाट सास लिन सक्दैनौँ। जब नाकबाट सास लिन सक्दिैन तब मुखबाट सस लिने गरिन्छ।
सुत्नेबेला मुखबाट सास फेर्न धेरै कारण हुन सक्छ–
चिन्ता
धेरै चिन्ता लिनु र सधैँ तनाव बसिरहनाले पनि मुअबाट सास फेर्नुपर्ने समस्या हुनसक्छ। जब तपाई चिन्तामा हुनुहुन्छ तब छिट्टो–छिट््टो सास फेर्न थाल्नुहुन्छ। छिट्टोसँग सास फेरेको कारण तपाईं मुख खोलेर सास फेर्न थाल्नुहुन्छ।
एलर्जी
एलर्जीको कारण पनि मुखबाट सास फेर्ने गरिन्छ। जब तपाईंको इम्यून सिस्टमले तपाईंको शरीरलाई राम्रोसँग चलाउदैन तब पनि तेज सास फेर्न पर्छ। एलर्जी बाहिर निकाल्नको लागि नै मुखबाट सास फेर्नुपर्छ।
चिसोको समस्या
चिसोमा पनि नाक बन्द हुन सक्छ। जसको कारण शरीरमा अक्सिजनको कमी हुन सक्छ र मुखबाट सास फेर्नुपर्ने अवस्था आउन सक्छ। रुघा लागेको बेला मुखबाट सास फेर्नु स्वभाविक हो। यदी तपाईं यस्तो समस्याबाट ग्रसित हुनुहुन्छ डाक्टरको सल्लाह लिन जरुरी छ।