फरार प्रतिवादी राना पक्राउ 

अभद्र व्यवहार मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

१५ हजार सहित ६ महिना कैद सजाय तोकिएका पाल्पाको रामपुर नगरनगरपालिका ५ का २३ वर्षीय आदेश राना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाको विशेष टोलीले प्रतिवादी रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका रानालाई अदालतबाट म्याद थप गरि थप अनुशन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
 

प्रकाशित मिति: : 2023-01-10 19:43:00

प्रतिकृया दिनुहोस्