पाल्पामा बसको ठक्करबाट वृद्धाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पाल्पाको तानसेन १२ लुहुङ्गमा बसको ठक्करबाट ७७ वर्षीय वृद्धा पुतली विश्वकर्माको मृत्यु भएको छ।

तानसेन नगरपालिकाको अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट बौघापोखराथोककी ७७ वर्षी पुतली विश्वकर्माको ज्यान गएको हो। 

विहीबार दिउँसो गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लुु १ ख ८३६१ नम्वरको बसले ठक्कर दिदा घाइते भएकी विश्वकर्माको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रहरीका अनुसार ति महिला सोही बसमा आएको र बसबाट झरी घर जाने क्रममा बसले ठक्कर दिएर घाइते बनाएको थियो। 

घाइते उनलाई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको पाल्पा प्रहरीले जनाएको छ। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2023-01-12 18:52:00

प्रतिकृया दिनुहोस्