मगर संस्कृतिले रङ्गियाे टुँडिखेल (तस्बिरहरु)

हरेक वर्ष माघ १ गते देशभर माघे सकराती (संक्रान्ति) पर्व मनाइन्छ। विशेष गरी थारु र मगर समुदायले यो पर्वलाई मुख्य रुपमा मनाउछन्। मगर समुदायले भने यो पर्वलाई नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछ्न्।

यसपाली नेपाल मगर संघ र विभिन्न जिल्लास्थित मगर समुदायसँग सम्बन्धित संघ– संस्थाकाे सहयोगमा आफ्नो ठाउँका रैथाने परम्परा देखाउन काठमाडौँ आएका छन्।

देशका विभिन्न भागमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा यो पर्वलाई मनाउदै आएका छन। मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमासमेत माघे संक्रान्ति मनाउने गरिन्छ। विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गर्ने मगर समुदायले शुक्रबारदेखि काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम सुरु गरेका छन्। कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौडा, मारुनी, झ्याउरे, तप्पा र सालैजाे, भूमे, पैस्यारूलगायतका नाचहरु र झाँकीसमेत प्रस्तुत गरेका थिए।

माघे संक्रान्तिकाे अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलनअनुसार तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलागयतका परिकारहरु खाने चलन छ।

प्रकाशित मिति: : 2023-01-14 13:35:00

प्रतिकृया दिनुहोस्