प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

Symbolic photo
Symbolic photo

प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ। यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ।

यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीकाे घटेको छ। १ कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन। 

प्रकाशित मिति: : 2023-01-31 12:17:00

प्रतिकृया दिनुहोस्