सन्दीपलाई राष्ट्रिय टाेलीमा राख्ने नराख्ने निर्णय क्यानले गर्दैनः अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टाेलीमा समावेश गराउने या नगराउने क्यानकाे हातमा नभएकाे बताएका छन्। 

साेमबार भारतका मोन्टी देसाईलाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गर्दै अध्यक्ष चन्दले सन्दीपलाई टाेली समावेश गराउने या नगराउने क्यानकाे हातमा नभई प्रशिक्षक र सेलेक्टरको हातमा रहेको बताएका हुन्। 

‘सन्दीपलाई क्लोज क्यापमा राखेपछि क्यानको चौतर्फी आलोचना भएको थियो, तर सन्दीपलाई टिममा राखने वा नराखने भने बारेमा प्रशिक्षक र सेलेक्टरले गर्छन्।’  उनले भने, ‘लामिछानेलाई टिममा राख्ने नराख्ने उहाँहरुको हातमा छ,  राख्रे वा हटाउने निर्णय क्यानले गर्दैन।’

सन्दीपलाई गत भदाै ५ गते एक नावालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेको हाे। असोज २० गते पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सो आदेश विरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले २८ पुस २०७९ मा सन्दीपलाई कारगार बाहिर बसेर मुद्दा लड्न मिल्ने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रकाशित मिति: : 2023-02-06 16:45:00

प्रतिकृया दिनुहोस्