हुम्लामा ‘माने पर्व’काे राैनक (तस्बिरहरु)

तस्बिर साैजन्य: अविनाश लामा।

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा ‘माने’ पर्व धुमधामले मनाइएको छ। याे हुम्लाका आदिवासी समुदायले मनाउने अन्य चाडपर्वमध्ये लामा समुदायले मनाउने एक मात्र चाड हो। त्यसैले यसलाई हुम्लामा महत्वपूर्ण चाड मानिन्छ।

यो अपार हर्ष र आनन्दको पर्व हो। चाडपर्वमा ज्येष्ठहरूले आफ्नो सांस्कृतिक ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्छन्। बुरौसे गाउँका लामा समुदायको हिउँदे पर्व ‘माने’ भर्खरै हर्षोल्लासका साथ मनाएका छन।

हुम्लाको हिमाली क्षेत्रमा पर्ने बुरौसे गाउँका लामा समुदायले हरेक वर्ष ‘माने’ पर्व मनाउने गरेका छन। देवताको पूजा गर्ने, ढोलको तालमा गीत गाउने र नाच्ने र स्थानीय आदिवासी खानाका परिकार खाएर चाडपर्व मनाउछन।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। पर्वमा बुढापाकाहरुले युवा पुस्तालाई आफ्नो परम्परागत नृत्य, खाना र पहिरन सिकाए।

पर्वको पहिलो दिन देवी/देवताको पूजा–आराधना गरी सुरु हुन्छ। त्यसपछि, क्रमशः दोस्रो र तेस्रो दिन विभिन्न प्रकारका मोन्टेजहरू र नृत्यहरूसहित लामाहरूको प्रस्तुतीहरू देखाउछन।

यो सँगै पर्वभर तिलिङ्गे, बाक्पा, घोडा र फुर्का नाचहरू प्रस्तुत गरिएको थियो। अग्रपंक्तिमा बृद्धबृद्धाले नाचगान गर्छन भने युवा पुस्ता उनीहरुको सिको गर्दै पाइला पछ्याउँछन्।

गाउँलेहरू अन्तिम दिनमा सबै अनिष्ट र दुख हटाउन पुरानो, जीर्ण लुगा लगाएर नाच्छन्।

यो हुम्लाको प्रामाणिक संस्कृति हो, जसमा मन र आत्मा जोडिएको स्थानीय लामा बताउछन। साथै यो सांस्कृतिक ज्ञान र सीपहरू अर्को पुस्तामा हस्तान्तरण गर्न समर्पित पर्व पनि हो।

देवताको पूजा–आराधना गरी, ढोल बजाएर, नाचगान, गाउन, भोज–भोज गरी रमाइलो गरेर यो पर्व मनाइन्छ। तीन दिनसम्म चल्ने यो पर्व माघ शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने एक लामा बताउँछन।

वर्षभरि बाली खेती र कटनीमा व्यस्त भएपछि स्थानीय बासिन्दाले आराम गर्न फुर्सद पाउँछन्। उनीहरुले लामो प्रतिक्षापछि भव्य पर्वको स्वागत गरेका छन्।

यो जाडो पर्व मुख्यतया किसानहरूका लागि बिदा र रमाइलोसँग सम्बन्धित छ।

औपचारिक रूपमा तीन दिनसम्म मनाइने यो पर्व केही लामो दिनसम्म मनाइन्छ। गायन र नाचगान सँगै साथीहरू र परिवारसँग भेटघाट भई र भोजहरू हप्तासम्म जारी रहन्छ।

चाडपर्वमा स्थानीय बासिन्दाहरू परम्परागत लुगा र गहना चट्टक्क सचिएका हुन्छ। उनीहरू साथी-भाइ र आफन्तहरूलाई आफ्नो घरमा निम्तो दिन्छन्, जहाँ उनीहरू उनीहरूसँग भोज खान्छन् र चाडपर्वमा खुसीसाथ सहभागी हुन्छन।

साँझको समयमा विभिन्न प्रकारका स्थानीय खाना, मिठाइ र मदिराहरू सेवा गरिन्छ। पूजामा विशेष वस्तुहरू चढाइन्छ र पुजारीलाई च्याङ चढाइन्छ। प्रत्येक घरपरिवारले विभिन्न वस्तुहरू योगदान गर्दछ, जुन मानिसहरूबीच भाइचारा र सद्भावलाई सुदृढ पार्ने अनुपम प्रतीक हो।

महोत्सवमा पुराना गरगहना, हस्तकला र कला कृतिहरुको प्रदर्शनी हुने गर्दछ। नाचगान र जुलुसका अलावा अन्य मनोरञ्जनात्मक क्रियाकलापमा पनि मानिसहरु व्यस्त छन।

नेपालको हुम्ला जिल्लाको बुरौसे गाउँमा करिब तीन सय वर्षदेखि माने पर्व मनाइँदै आएको बुढापाका बताउछन।

प्रकाशित मिति: : 2023-02-11 17:40:00

प्रतिकृया दिनुहोस्